प्रतिनिधिसभा विघटन विरुद्ध दमौलीमा नेविसंघको प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना विपरित प्रतिनिधिसभा भंग गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) तनहुँले आज दमौलीमा  प्रदर्शन गरेको छ।

आइतबार दमौलीमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन गरेका छन् ।

प्रदर्शन कार्यक्रममा नेविसंघका सदस्य गौरब पन्थले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शन गरेको बताए । उनले कोरोना महामारीको  बेला जनताले दुख सामना गरिरहेको समयमा पनि राष्ट्रपतिको निर्णयले देशलाई झनै संकटतिर धकेलेको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?