आज श्री राम नवमी मनाइँदै

दमौली : आज श्री राम नवमी मनाइँदै छ । चैत शुक्ल नवमीका दिन भगवान श्री राम अर्थात भगवान विष्णुको सातौं अवतारका रुपलाई हामीले  पुज्ने गर्दछ ।रामायण महाकाव्यका रचयिता महर्षि वाल्मीकिले आफ्नो ग्रन्थमा भगवान श्री रामको चर्चा गरेका थिए ।

भगवान रामलाई पुरुषहरुमा सबैभन्दा उत्तम पुरुष अर्थात मर्यादा पुरुषोत्तमसमेत भनिन्छ । त्रेतायुगमा जन्मिएका राम अयोध्याका महाराज दशरथका जेष्ठ पुत्र हुन ।श्री रामका भरत , लक्ष्मण र शत्रुधन ३ भाइ थिए । रामकी आमाको नाम कौशल्या हो भने सुमित्रा र कैकयी रामका माहिली र कान्छी आमा हुन् ।

रामको विवाह त्रेतायुगका मिथिला ( हाल नेपालको जनकपुरधाम ) का राजा जनककी पुत्री सीतासँग भएको थियो । राजा दशरथले रानी कैकयीलाई दिएको वचन अनुसार रामले १४ वर्ष वनवास जीवन बिताउनु परेको थियो ।भगवान श्री रामका बारेमा महर्षि वाल्मिकिले अनेकौं कथा लेखेका छन । आदिकवी भानुभक्त आर्चायले पनि नेपालीमा रामायण लेखेका छन ।

यस अलावा भारतीय प्रसिद्ध महाकवि तुलसीदासले समेत रामामण लेखेका थिए । जसमा भगवान रामाद्धारा गरिएको अनेकौ महान कार्यलाई गौरवमयी धार्मीक इतिहासका रुपमा मान्ने गरिन्छ । भगवान श्री रामका जीवनीका बारेमा धेरै हिन्दुहरु जानकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?