पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति मगर संघको आपत्ति

दमौली : तनहुँको दमौलीमा मंगलबार नेपालका पुर्व प्रधानमन्त्री एवं  नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका प्रथम सहिद लखन थापा नभएको भन्ने अभिव्यक्ति प्रति नेपाल मगर संघ तनहुँले आपत्ति जनाएको छ।
ओलीले बुटवलको एक कार्यक्रमलाई  संबोधन गर्ने क्रममा नेपालका प्रथम सहिद लखन थापा नभएको भन्नेर तथ्यहिन अभिब्यक्ति दिएको भन्दैै विरोध जुलुस आयोजना गरेको हो ।
शहिद लखन थापा प्रति अपमान गरेको भन्दै नेपाल मगर संघकि पुर्व केन्द्रीय उपाध्यक्ष मन्दरी आलले नेकपा एमाले अध्यक्ष केपीओली देशका सच्चा सहिद प्रति दिएको तथ्यहिन ,निरआधार अभिव्यक्ति  प्रति खेद प्रकट गरिन्। अध्यक्ष ओलीले दिएको अभिब्यक्ति फिर्ता नभए देशै भर वृहत् विरोध प्रदर्शनगरिने बताईन्।
नेपाल मगर संघ तनहुँले जिल्लाका विभिन्न स्थानहरु दुलेगौडा ,भिमाद , दमौली र डुम्रेमा वृहत् विरोध प्रदर्शन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?