व्यास–१० मा स्थापना हुन् लागेको पिसिआर परिक्षण प्रयोगशालालाई व्यास नगरपालिकाका जनप्रतिनिधिहरुले सहयोग गर्ने निर्णय गरेका छन् । सोमबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको तलब दिने निर्णय गरेका हुन ।
पिसिआरको रिपोर्ट हप्ता दिनसम्म पनि नआएपछि दश वटै स्थानीय तहहरुको पहलमा पिसिआर प्रयोगशाला निर्माण गर्न लागेको हो ।उक्त निर्माणको लागि व्यासलाई प्रस्ताव गरिएकोले सम्पुर्ण कर्मचारी, शिक्षक एवम अन्य सरकारी तथा गैरसरकारी संघसंस्था, बैक तथा वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरुलाई सहयोगका लागि अनुरोध गरेको छ ।
तेस्तै कोरोना संक्रमण दिनदिनै बढ्दै गएकाले यो अवस्थालाई ध्यानमा राखि नियमित सरसफाई, वारुणयन्त्र, स्वास्थ्य सेवा बाहेक सम्पूर्ण वडा कार्यालयहरु जेठ १५ गतेसम्म बन्द रहने निर्णय समेत बैठकले गरेको छ ।
नगरपालिकाले गरेका थप निर्णयहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?