दमौलीमा श्रस्टाका रचना वाचन गरी नयाँ वर्ष मनाइयो – Damauli Online News
Skip

दमौलीमा श्रस्टाका रचना वाचन गरी नयाँ वर्ष मनाइयो

दमौली : गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनाले दमौलीको एपेक्स मलमा नयाँ वर्षको अवसरमा ’रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम’ गरि नयाँ वर्ष मनाएको छ ।

सो अवसरमा दिवाकर भट्टराई, श्रीराम भट्टराई, शिव आर्य, शान्ता बास्तोला, बाबुराम सापकोटा, रामकुमार श्रेष्ठ र सन्देश अधिकारीले गीत, गजल, कविता, मुक्तक सुनाएका थिए ।

कार्यक्रममा आकाश अधिकारीको लेखन तथा महाप्रसाद हड्खलेको निर्देशनमा नाटक ’समय संवाद’ नाटक समय संवाद मञ्चन गरिएको थियो । सडक बालबालिकाको अवस्था र उनीहरूको भविष्यको बारेमा सरोकारवाला निकायले खासै चासो नदिएको, बालबालिकालाई आफ्नो अधिकारबाट समाजले बञ्चित गरेको घटनालाई नाटकमा उतारिएको थियो ।

संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काशीनाथ न्यौपाने, नेपाली अङ्ग्रेजी, सांस्कृतिक प्रकाण्ड विद्वान प्रा डा. जयराज आचार्य, भानु साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा डा. व्रतराज आचार्य, विजयराज भट्टराई, काशीराज आचार्य, रंगनाथ पौडेल, ब्रम्हदत्त तिम्सिना लगायतको उपस्थिति थिए ।

 

error: Content is protected !!