
दमौली : तनहुँको दमौलीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशका प्रदेश कार्यकारिणी समिति बैठक आज शुक्रबारबाट सुरु भएको छ । परोपकार महासंघ तनहुँको भवनमा सुरु भएको बैठक यहि २ र ३ गते दुई दिवसीय रुपमा संचालन हुने व्यास नगर इकाई समितिका सचिव एवं प्रदेश सदस्य सुदीप कुवँर जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रोपकार महासंघ तनहुँका अध्यक्ष तारानाथ घिमिरेले परिषद्को कार्यक्रम धेरै उत्कृष्ट र प्रशंसनीय कार्य रहेको बताउदै यो सस्थालाई आफुले सकेको आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । विगतमा पनि परिषद्ले शिक्षाको क्षेत्रमा धेरै काम गर्दै आएको कारणले हाम्रो समाज नौलो नभएकोमा जोड दिए ।
आधुनिक शिक्षाले हाम्रो हाम्रो भाषा क्रममा लोप हुने पुगेकोमा दुःख व्यक्त गर्दै घिमिरेले “वैदिक र पूर्वीय सास्कृति संरक्षण गर्नका यस्तो संस्थाको जन्म भएको आफु स्थापना गर्ने सबैलाई धन्यवाद एवं बधाई छ “उनले भने ।
परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडाले असल व्यक्तिको निर्माणको माध्यम द्वारा राष्ट्रको पुननिर्माण गर्ने गर्ने सकिने भन्दै विद्यार्थीको सकारात्मक परिवर्तन गर्नका लागि परिषद्ले देश भरि यस्तो सामाजिक एवं सेवाको कार्य गर्दै आएको बताए । साथै नेपालमा दलीय राजनीतिभन्दा माथी रहेर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयमा कार्य गर्ने एक स्वतन्त्र विद्यार्थी सङ्गठन रुपमा देशको ७७ वटै जिल्ला कार्य गरिरहेको समेत जानकरी दिए ।
उद्घाटन सत्रको कार्यक्रममा रोपकार महासंघ तनहुँका उपाध्यक्ष सुबेदार बल बहादुर रानाभाट, परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने, गण्डकी प्रदेश अध्यक्ष सुनिल पोख्रेल,प्रदेश उपाध्यक्षहरु प्रकाश खड्का र दिपक रेग्मी , प्रदेश सचिव अनोज शर्मा, लगायत प्रदेश कार्यकारिणी समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?