लायन्स क्लव दमौलीद्वारा व्यास नगरपालिकालाई अक्सिजन मेसिन हस्तान्तरण

लायन्स क्लव अफ तनहुँ दमौलीले व्यास नगरपालिकालाई अक्सिजन मेसिन  हस्तान्तरण गरेको छ ।

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा समाज सेवा नै आफ्नो मुल मन्त्र ठानी दमौली केन्द्रित सामाजीक कार्यमा सक्रिय युवाहरुको संस्था लायन्स क्लब अफ तनहुँ दमौलीले १ लाख २७ हजार वराबरको अक्सिजन मेसिन सहयोग गरेको हो ।

उक्त क्लवका अध्यक्ष सरोज भण्डारी सहित पदाधिकारीहरुले मङ्गलबार नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई मेसिन हस्तान्तरण  गरेका थिए ।.

यस विषम् परिस्थितिमा व्यास नगरपालिकाले संचालन गरेको आइसोलेशनमा अन्सिजनको अभाव हुन नदिन  सहयोग गरिएको भण्डारीले  बताए ।

कोभिड–१९ विरुद्धको अभियानमा अक्सिजन मेशिन उपलव्ध गराउने लाइन्स क्लव अफ तनहुँ दमौलीलाई  नगरप्रमुख न्यौपानेले  धन्यवाद ज्ञापन गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?