पत्रकार वाग्ले र न्यौपाने एन्फाबाट सम्मानित

दमौली : तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) बाट  प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्ले र खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) तनहुँका प्रतिनिधि कृष्ण न्यौपाने सम्मानित भएका छन् ।

सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको विकास र प्रबर्धनमा सहयोग पुर्याए बापत एन्फाले वाग्ले र न्यौपानेलाई सम्मान गरेको हो।  तनहुँको ऑबुखैरेनीमा सोमबार आयोजित एन्फाको साधारण सभा तथा अधिवेशनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आनन्दराज त्रिपाठी, एन्फाका अध्यक्ष रत्नकुमार श्रेष्ठले पत्रकार वाग्ले र  न्यौपानेलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

एन्फाले साधारण सभा तथा अधिवेशनका अवसरमा सञ्चारकर्मीलाई सम्मानित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?