
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका कार्य समिति सदस्य तथा दमौली न्यूज डट.कम.का समाचार प्रमुख विकास खनालमाथि समाचार लेखेकै आधारमा क्षत्री समाज तनहुँकी उपाध्यक्ष शारदा थापा अधिकारीले दुब्र्यवहार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ तनहुँको गम्भिर ध्यानाकर्षण गरेको छ ।
क्षेत्री समाज तनहुँले स्वास्थ्य सामग्री हस्तान्तरणको बिषयमा समाचार प्रकासित भएपछि आफ्नो नाम समाचारको अन्तिममा समावेश भएको भन्दै पत्रकार खनालमाथि टेलिफोन र म्यासेजबाट पटक–पटक गाली गलौज तथा मानमदर्न हुने गरी अभिब्यक्ति दिनु खेदजनक बिषय भएको नेपाल पत्रकार महासंघ तनहुँले जनाएको छ ।
‘प्रकाशित÷प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ ।
महासङ्घका अध्यक्ष उज्वल पौडेल र सचिव प्रताप रानाले समाचारमा आफ्नो नाम पछाडी पर्यो भन्दै पत्रकारलाई अनावश्यक रुपमा मानसकि रुपमा तनाव दिनु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी कार्य हो भन्दै स्वतन्त्र प्रेसको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?