लायन्स क्लव व्याससिटीद्वारा लायन्स फूड बैङ्क सञ्चालनमा

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएको परिस्थितिमा  निषेधाज्ञाको कारण समस्यामा परेका विपन्न परिवारलाई लक्षित गर्दै लायन्स क्लव अफ तनहुँ व्याससिटी द्वारा ‘लायन्स फूड बैङ्क’ अभियानको सुरुवात गरेको  छ ।

‘सकेकोले दिनुहोस्, नसकेकोले लिएर जानुहोस्’ अभियान आज २५८३औं बुद्ध पूर्णिमाको शुभ दिन पारेर शुरुवात गरेको क्लवका अध्यक्ष कुमार मल्लले जानकारी दिए ।

लकडाउन लम्बिरहँदा नागरीकहरुले रोजगारी गुमाएको र भोकै मर्नुपर्ने अवस्था आउने भन्दै कोहि भोको नरहोस भनेर यो अभियान सुरुवात गरेको क्लवका प्रथम उपाध्यक्ष प्रदिप मल्लले बताए ।

यो अभियानमा सम्पूर्णलाई सहयोग गर्न क्लवले आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?