दमौली : तनहुँमा भोलि शुक्रबारदेखि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोलिबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा तनहुँ जिल्लाबाट ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
परीक्षामा जिल्लाभरबाट उक्त संख्यामा परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय तनहुँका प्रमुख बसन्त राज पौडेलले बताए । उनका अनुसार ३७ जना परीक्षार्थी ग्रेडवृद्धि अन्तर्गत रहेका छन् ।जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ ।
शुक्रबारबाट सुरु हुने एसईइका लागी जिल्लाका २६ परिक्षा केन्द्रका लागी केन्द्राध्यक्ष तोकिएको छ । परिक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोकिएको इकाईले जनाएको छ ।
इकाईका अनुसार जिल्लाको निर्मल माविमा गणेशचन्द्र बस्नेत, जलदेवी माविमा जयराम सेढाइ, सत्यवती माविमा एकबहादुर गुरुङ, बालमन्दिर माविमा राजेन्द्रप्रसाद खनाल, महर्षिवेदव्यास माविमा आशिका श्रेष्ठ, चण्डिदेवी माविमा रामचन्द्र पोखेल, क्यामिन माविमा सूर्यमणि पौडेल, मिन माविमा राजेन्द्र भण्डारी, सरस्वती नमूना माविमा नारायण पौडेल, खैरेनी माविमा बोधराज ढकाल केन्द्राध्यक्ष नियुक्त भएका छन् ।
जनकल्याण माविमा दिपक ढकाल, पञ्चमुनीदेव माविमा धुरवकुमार मल्ल, हंशवाहिनी माविमा विजयराज पौडेल, गाउँफर्कोदय माविमा विमलप्रसाद सिग्देल, जनज्योति माविमा चन्द्रप्रकाश सुवेदी, धर्म माविमा कृष्णराज भण्डारी, शिवसरस्वती माविमा विष्णुप्रसाद बराल, विष्णु माविमा ऋषिराम ढकाल, पवित्रा माविमा जीवनाथ पौडेल केन्द्राध्यक्ष तोकिएका छन् ।
भानु माविमा विज्ञान भट्टराई, होमराज लोहनी शारदा शिक्षा सदन माविमा गोविन्द भट्टराई, चोक माविमा अमृत नेपाली, चन्द्रावती माविमा प्रेमनाथ ढकाल, मित्रता माविमा सरितादेवी पौडेल र महेश संस्कृत गुरुकुल माविमा अशोक खत्री केन्द्राध्यक्ष तोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?