बैंकिङ सेवा खुल्ला गर्न व्यासको सिफारिस

व्यास नगरपालिकाले बैंकिङ सेवा खुल्ला गर्नको स्थानीय वैंकहरुलाई र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र  तनहुँलाई सिफारिस गरेको छ  ।

बुधबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगर कार्यपालिकाको नियमित वैठकले  विहान १०:०० वजे देखी १२:०० वजे सम्म बढीमा ४ जना कर्मचारीहरु परिचालन गरी  सेवा खुल्ला गर्ने  व्यवस्था मिलाउन केन्द्रलाई सिफारिस गरेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भईरहेको निषेद्याज्ञाको अबस्थामा वैंकहरुले प्रदान गर्दै आएको नियमित सेवा बन्द रहेकाले कोभिड–१९का संक्रमित घर परिवारले उपचारका लागि वैंकमा रहेको रकम समेत भुक्तानी लिन नपाउदा उपचारमा कठिनाइ भएको भन्ने गुनासो आएकाले र  बैंकिङ सेवा पनि अत्यावश्यक सेवा भित्र पर्ने हुदाँ विहान २ घण्टा सेवा सञ्चालन गर्न अनुमति मागेको आचार्यले बताए ।

साथै निषेद्याज्ञाको अवस्थामा पनि  केहि स्थानहरुमा मानिसहरुको चहलपहल एवं भिडभाड भइरहेको र मानिसहरु स्वास्थ्य सम्बन्धी मापदण्डको उल्लङ्घन गर्दै मास्क समेत नलगाई  हिडिरहेका भन्ने जन गुनासो आइरहेको हुदाँ स्थानीय प्रहरी प्रशासनलाई सोको अनुगमन एवं निगरानी गरिदिन समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?