व्यास-५ मा एमाले र जोशी समूहकाे सम्पर्क कार्यालय स्थापना

दमाैली :  स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि नेकपा एमाले र जोशी समूहले  व्यास-५ चापाघाटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकाे छ ।

कार्यालय स्थापना गर्दै  मेयरका उम्मेदवार दिपकराज जोशिले व्यास नगरपालिकामा सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै अहिलेको नेतृत्वले नगरको विकास पाँच पछि पारेको आरोप लगाए ।

उपमेयरको उम्मेदवार बसुन्धरा घर्तीले व्यासको नेतृत्व परिवर्तन गरेमा व्यासको विकास हुने दावी गरिन् ।

कार्यक्रममा व्यास ५ बाट वडाअध्यक्षमा विष्णुकुमार श्रेष्ठ हिमाल, सदस्यमा मनमाया श्रेष्ठ,मनुमाया विक, मदन पण्डित र जोशी समुहबाट बबिन्द्र खनाल उम्मेदवार रहेका छ्न्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?