पूर्वमन्त्री भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको पहलमा ल्याइएको १७ थान अक्सिजन आज हस्तान्तरण गरिएको छ ।

कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन पूर्वमन्त्री भण्डारीले  १७ थान अक्सिजन सिलिण्डर जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हस्तान्तरण  गरेका हुन् । ।  पूर्वमन्त्री भण्डारीको पहलमा व्यवस्था गरिएको उक्त अक्सिजन सिलिण्डर   जिपि कोइराला श्वास प्रश्वास तथा उपचारकेन्द्रका प्रमुख डा.रामकुमार श्रेष्ठलाई १० थान र दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई ७ थान सिलिण्डर हस्तान्तरण गरेको  नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले जानकारी दिए ।

पूर्वमन्त्री भण्डारीले यस अगाडि जिल्लाका अस्पताल र आइसोलेसन कक्षमा स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि नेपाली कांग्रेस तनहुँलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएका थिए । नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेका अनुसार केही दिन भित्र नै तनहुँ कांग्रेसले स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?