खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी दिएका छन् । । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ ।

नयाँ बजेट कोभिड नियन्त्रण रोकथाम तथा उपचारमा केन्द्रित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?