राणाको दिन गए पनि रानाको दिन गएका छैन ; वरिष्ठ नेता पौडेल

दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राणाहरुको दिन गए पनि यहाँका रानाहरुको दिन नगएको बताएका छन्  । शनिवार दमौलीको खुल्ला मैदानमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै पौडेलले डाँडा बस्ने रानाहरुको दिन फर्काउने बताउदै पौडेलले सो  कुरा बताएका हुन् ।

पौडेलले तनहुँ मगरहरुको बाहुल्यता भएको जिल्ल्ला भएकाले यहाँको सास्कृति संरक्षक गरेर पर्यटनको विकास गर्ने र  निर्मण भईरहेको जलबिद्युतबाट यहाँ  समुदायलाई रोजगार दिने समेत दिने बताए ।

‘राजनीति पनि सम्झौताको दस्ताबेज हो ‘पौडेलले भने ;सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ, आँट गर्नुपर्छ ।हामीले एउटा नगरपालिकामा हसिया हथौडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् ।

संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकाश नपाएको उनको भनाई छ ।

केपी ओलीलाई नायक बनाएर मुलकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाईन भएको नेता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?