दमौली : आज स्थानीय तह निर्वाचनको दिन दमौली बजारका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् ।
सरकारले आज बिहान ६ बजे देखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधान चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने छ ।
सडकमा निर्वाचनको सुरक्षाका लागि सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटिएका छन् । सडकहरुमा सुरक्षाकर्मीले पेट्रोलिङ, गस्ती गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?