निर्वाचन अपडेट: म्याग्देमा एमालेको अग्रता कायम

ऋषिङ : तनहुँको म्याग्दे  गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठले अग्रता लिएको छ । ६ हजार दुई सय ८७ मत गणना सकिँदा श्रेष्ठले दुई हजार आठ सय ४१ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् ।

नेपाली काङ्ग्रेसकी उम्मेदवार मायादेवी रानाले दुई हजार दुई सय ६६ मत प्राप्त गरेकी छन् ।

उपाध्यक्षमा भने नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरेको अग्रता कायम छ । उनले दुई हजार आठ सय १२ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार रत्नादेवी घिमिरेले दुई हजार तीन सय सात प्राप्त गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?