नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण उत्पन्न असहज परिस्थितिबाट मारमा परेका विपन्न परिवारलाई लायन्स क्लव अफ तनहुँ व्याससिटीले राहत वितरणको कार्य जारी राखेको छ।
लकडाउन लम्बिरहँदा नागरीकहरुले रोजगारी गुमाएको र भोकै मर्नुपर्ने अवस्था आउने भन्दै कोहि भोको नरहोस भनेर आज सोमबार पनि व्यास नगरपालिका वडा नं. १ का ३ परिवार ,वडा नं. २ का ६ परिवार,वडा नं. ३ का १ परिवार,वडा नं. ४ का १ परिवार र वडा नं. ५ का ६ परिवार गरि आज मात्रै १७ परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको क्लवका अध्यक्ष कुमार मल्लले जानकारी दिए ।
उनका अनुसार हालसम्म २७ परिवारलाई सामग्री वितरण गरिसकेको बताए ।
उक्त संस्थाले प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी क्वाटी, १ केजी नुन, १ पोका भुजा, १ पोका सोयाविन,१ पोका तेल, १ पोका तरकारी मसला , एक वटा सावुन र २५ पिस मास्क सामग्रीहरु प्रदान गरेको हो ।
विपन्न परिवारलाई १ हप्तासम्म खान पुग्ने खाद्य सामग्री वितरण गरिएको जानकारी दिदै क्लवका प्रथम उपाध्यक्ष प्रदिप मल्लले लकडाउन थपिएको खण्डमा वितरण गरेको १ हप्ता पुगेपछि पुन उक्त परिवारलाई थप खाद्य सामग्री वितरण गर्ने बताए ।
निषेधाज्ञाको कारण समस्यामा परेका विपन्न परिवारलाई लक्षित गर्दै क्लवले ‘लायन्स फूड बैङ्क’ अभियानको सुरुवात गरेको थियो ।
यो अभियानमा सम्पूर्णलाई सहयोग गर्न समेत क्लवले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?