दमौली : तनहुँको घिरिङ गाउँपालिका–४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा भिमबहादुर कुमालले ८ सय ६६ मत प्राप्त गरी विजयी भएका भने प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वीरबहादुर थापाले ६ सय ३६ मत प्राप्त गरे।
महिला वडा सदस्यमा रिमा कुमालले ८ सय ७६, दलित महिला सदस्यमा सरिता विकले ८ सय ४८, खुल्ला सदस्यमा मनबहादुर रानाभाटले ८ सय २७ र शक्ति थापाले ८ सय ६० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?