पत्रकार कल्याणकारी कोषमा बतास र आचार्यको  सहयोग

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना  गरेको कल्याणकारी कोषमा  व्यास नगरपालिका वडा नं–२ का मोहनकाजी बतासले  आर्थिक सहयोग गरेका छन् ।  बतासले  नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई पाच हजार रुपयाँ रकम हस्तान्तरण गरेको हो ।

संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा खुशी लागेको बतासले बताए ।उनले यस अघि  नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणमा समेत सहयोग गरेका थिए । जन्मथलो तनहुँ भएपनि झण्डै दुई दशक देखि  हकङ्गमा बरिष्ठ सेफको रुपमा कार्यरत  बतासले  तनहुँका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्  ।

यसैगरी कोषमा म्याग्दे गाउपालिका वडा न.७ निवासी श्रीभद्र आचार्यले पनि  आर्थिक सहयोग प्रदान गरेका छन्  । आचार्यले शाखाका सहसचिव प्रकाश अधिकारीलाई २ हजार ५ सय रूपयाँ रकम हस्तान्तरण गरेका थिए। आचार्य नेपाली सेनाका अवकाश प्राप्त जमदार
हुन्।नेपाल पत्रकार महासंघ तनहुँको  पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो  । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू,शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा  रकम सहयोग आउनेक्रम जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?