दमौली : तनहुँको व्यास नगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसका अनुप राना ६ सय ५७ मत प्राप्त गरी विजयी भएका छन भने प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम श्रेष्ठले २ सय ५२ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा बिमु श्रेष्ठ ५ सय १९ , दलित महिला सदस्य श्री माया बि. क ले ५ सय ५८ , खुल्ला सदस्य दधिराज धिमिरेले ४ सय ६८ र शान्तिरमण वाग्ले ४ सय ७४ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?