महतद्वारा पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय ५५ सहयोग

शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दी घर भई हाल अमेरिकाको वाल्टीमोरमा बस्दै आएका अमेरीकाका लागि अवैतनिक महावाणिज्यदुत प्रेमराजा महतले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको पत्रकार कल्याणकारी कोषमा रकम सहयोग गरेका छन्  ।

पाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदीप काफ्लेको पहलमा महतले कोषका लागि २५ हजार पाँच सय ५५ रुपयाँ सहयोग गरेका हुन्  ।

महतले जिल्लामा रहेका संचारकर्मीहरुले गरेको पुन्य काममा आफ्नो सदैव सहयोग रहने  र जिल्लाको संचार क्षेत्रको विकासमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गरेका थिए  ।

२०३४ सालदेखि लोक गायन क्षेत्रमा सक्रिय महतले ‘सिमसमे पानीमा ज्यानले बैमान गर्छ की जिन्दगानीमा ..’, सालैको पातैले दिए खान्थे मायाको दाहिने हातैले..’, ‘पानको पात माया तिमिलाई सम्झछु दिनको रात मरस्याङदी सलल’,बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ जस्ता गित सहित झण्डै ८ सय भन्दा बढी लोक गितहरुमा स्वर दिएका छन्  ।

अहिले महतले अमेरीकाको बाल्टीमोरमा ‘नेपाली हाउस’ होटल संचालन गर्दै आएका छन्  । उनले  नेपालका बिभिन्न समाजिक संघ संस्थाका अलवा अमेरीकामा समेत नेपाली समाज तथा मठ मन्दिरमा  सहयोग गर्दै आइरहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?