जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्छ; वरिष्ठ नेता पौडेल

दमाैली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधबार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै  पौडेलले सो कुरा बताएका हुन्  ।

वरिष्ठ नेता पौडेलले  “जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ,” उनले भने । वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गरे ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आर्थिक समृद्धि र विकास एउटै मात्र लक्ष्य रहेकाले त्यसलाई पूरा गर्नेतर्फ लाग्न आग्रह गरे।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसको नेतृत्वमा देशमा विकास भएको र त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नेकपा (एमाले)का उपसचिव प्रदीपराज अधिकारी, नेकपा (एकीकृत समाजवादी)का सचिव श्रीराम कार्की, प्रमुखका उम्मेदवार दीपकराज जोशी, उपप्रमुख उम्मेदवार बसुन्धरा घर्ती लगायतले आफ्नो  मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?