तनहुँ जिल्लामा आउँदो जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको हो ।
शुक्रबार (आज) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जेठ मसान्तसम्म थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
तनहुँ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना २३ गतेदेखि ३१ गते सम्मका लागि पहिलो निषेधाज्ञा जारी गरिएको थियो ।त्यसपछि दोस्रो निषेधाज्ञालाई थप १५ दिन लम्ब्याएको थियो भने तेस्रो पटकको निषेधाज्ञा जेठ १६ देखि २२ सम्म जुन भोलि शनिबार राति १२ बजे सकिदैछ ।
[pdf-embedder url=”https://www.damaulionline.com/wp-content/uploads/2021/06/Scan2021_06_04_144218.pdf”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?