बजेटमा आजदेखि सैद्धान्तिक छलफल सुरु हुँदै

काठमाडौं :  प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।

संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ।

सम्भावित कार्यसूचीमा दुई वटा एजेण्डा राखिएको छ। पहिलो एजेण्डामा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।

त्यसैगरी दोस्रो एजेण्डामा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

बजेटमाथिको छलफल तीन दिनसम्म चल्ने सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको दोस्रो बैठकमा जानकारी गराएका थिए। छलफलमा दलीय आधारमा भाग दिन संसदीय दलले एक घण्टा नाम टिपाउन सापकोटाले सूचित गरेका थिए।

यसैबीच नेकपा एमालेका सांसदहरुले बजेटको ‘भण्डाफोर’ गर्ने जनाएका छन् ।

बजेटको भण्डाफोर गर्न एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट दिशाहीन भएको टिप्पणी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?