दमौली : व्यास नगरपालिकामा वडा नम्बर २मा स्तरीय योजना तर्जुमा कार्यक्रम सुरु भएको छ । असार १० गते भित्र स्थानीय तहले नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम नगर सभामा पेश गरिसक्नुपर्ने कानूनी व्यवस्था बमोजिम अनुसार यसको तयारीमा वडा जुटेको छ ।
मंगलबार वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा २ नम्बर वडामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गत बर्ष प्रत्येक वडामा १ करोड २१ लाख रुपैयाँका दरले बजेट बाँडफाँट गरिएको बताए ।
प्रमुख न्यौपानेले वडा भित्रका विभिन्न टोलका बजेट विनियोजन, विकास निर्माणका बारेमा भए गरेका र हुने कामका बारेमा प्रगति तथा योजना सुनाएका थिए । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, वडा सदस्य सुरेश वाग्ले , वडा सचिव पम्फा बस्नेतलगायतले गोष्ठीका बारेमा बोलेका थिए ।
आगामी आव ०७९/८० का लागि विषयगत क्षेत्रहरुमा समावेशी नीति, समावेशी बजे तथा कार्यक्रमहरु संलग्न गर्दै आवधिक, मध्यकालिन र दीर्घकालीन योजना तर्जुमाका प्रकृयामा रणनैतिक योजना समेट्दै साझा विकासका अभियान लिएर अगाडि बढ्ने नगरपालिकाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?