
नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा माग्दे गाँउपालिका वडा नं. ३ धयरे घर हाल व्यास–२ दमौलीमा व्यवसाय गरेका रमेश घिमिरेले आज रकम सहयोग गरेका छन् ।
व्यास–२ सफासडकमा पुष्पाञ्जली किराना पसलका संचालक घिमिरले आफ्नो जन्म दिनको अवसर पारेर कोषका लागि ५ हजार १ सय रुपयाँ नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष एंव सल्लाहकार डम्बर बहादुर अधिकारीलाई उक्त सहयोग रकम शनिबार हस्तान्तरण गरेका हुन् ।
जिल्लाको संचार क्षेत्रको विकासमा खर्च हुने कोषका लागि आफुले सहयोग गर्न पाउदा खुसी लागेको उनले बताए । रकम बुझ्दै सल्लाहकार अधिकारीले सहयोग गरेकोमा घिमिरेलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको १२ औं साधारणसभाबाट पारित भएको १२ बुँदे घोषणापत्रमा पत्रकार कल्याणकारी कोष स्थापनाका लागि जिल्लास्थित सम्पूर्ण स्थानीय तह, सरकारी, निजी तथा नागरिक संघसंगठनहरुसँग सहयोगका लागि अपिल गर्ने प्रस्ताव पारित गरेको थियो । १२ औँ साधारणसभाबाट पारित प्रस्ताव अनुसार नेपाल पत्रकार महासंघ तनहुँ शाखाको कार्य समितिको बैठकले निर्णय गरेर कल्याणकारी कोष संकलन अभियान सुरु गरेको महासंघ तनहुँ शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?