तनहुँमा थप ६९ जनामा कोरोना संक्रमण ; दुईको मृत्यु

पछिल्लो २४ घण्टामा तनहुँमा बुधबार  थप ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा  तनहुँमा आज  ३६ जना  महिला र ३३ जना पुरुष गरि ६९ जना संक्रमित थपिएको जनाएको छ ।

दुईको मृत्यु

यस्तै बुधबार तनहुँमा थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद-५ का ६५ वर्षीय पुरुष र शुक्लागण्डकी-७ का ९९ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?