गर्मी मौसममा फेस माक्सको प्रयोग कसरी गर्ने ?

सन्जु तामाङ

कोरोना भाइरस मार्फत बच्नको लागी बाहिरी बाताबरण संग तालमेल राखी सुरक्षित हुने एउटै सहज उपाय भनेको सहि तरिकाले फेस माक्सको प्रयोग गर्नु हो। हुन त कुनैपनी फेस माक्सले कोरोना भाइरसलाई पूर्ण रुपमा  रोक्न सक्दैन तर एकदमै तीव्र रुपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष सर्न बाट भने धेरै हदसम्म रोक्दछ । एकदमै राम्रो भन्दा राम्रो क्वालिटीको फेस माक्सले पनि पूर्णरूपमा कोरोना भाइरस मार्फत हामीलाई बचाउन सक्दैन। केवल राम्रो पर्सनल हाईजिन सँगै सहि तरिकाले यसलाई प्रयोग गर्न सकेको खण्डमा धेरै हदसम्म त्यो सुरक्षित रहने उपाय मध्ये एक मात्र हुनसक्छ। फेस माक्सको सतप्रतिशत काम भनेको धुलोबाट बचाउने हो र यदि हामी धुलोबाट मात्रै बच्न सक्यौ भनेपनि धेरै हदसम्म रुघाखोकी जस्तो कम्युनिकेबल डिजेजहरुबाट सजिलै बच्न सक्दछौं। जसले गर्दा हाम्रो शरीरको इम्युनिटी पावर गेन गर्न हामीलाई मद्दत पुग्दछ।

गर्मी मौसममा फेस माक्सको प्रयोग कसरी गर्ने ?
गर्मी मौसम बढेसँगै वातावरणमा तापमान बढ्दै जाने हुनाले हाम्रो शरीरले पनि सामान्यतया पसिनाको माध्यमबाट त्यसको रियाक्ट गर्न शुरु गर्दछ। एकातिर अत्याधिक गर्मी चर्को घाम र अर्कोतिर मुखमा फेस माक्सको अनिवार्य प्रयोग गर्नु अबका समयमा कामकाजमा व्यस्त भैराख्नुपर्ने कर्मचारी एवम् नागरिकहरुको लागि पनि च्यालेन्जिङ नै हुन्छ। हपहप्ती गर्मीमा मुखमा माक्स लगाको केही समय भित्र नै बाफियर पसीना आउने र गर्मीले गुम्सिएर स्वासप्रस्वासमा कठिन भएको महशुस धेरैले गर्न थालेका छन् । यदि कामगर्ने थलोमा पङ्खा या उचित हावाको सहि व्यवस्थापन, भेन्टिलेसन युक्त हावादारी भवनको सुबिधा छैन भने माक्सको भरमा मात्र त्यस्तो वातावरणमा काम गर्न कठिन हुन्छ। त्यसैमाथि गर्मी मौसममा अत्यधिक धुलोका कारण एकातिर धुलोका कणहरु टासिन गई फेस माक्स चाडै दुषित हुन्छ भने अर्कोतिर अनुहारमा आउने पसिनाले पनि यसको प्रयोग समय अवधि घट्न जान्छ। माक्सको प्रयोग गर्ने भन्दैमा यदि हामीले उचित ओरल हाईजिनमा ध्यान दिन सकेनौभनी फेस माक्स आफैमा अन्य रोग लगाउने माध्यम नभए पनि यसको अनुचित प्रयोगका कारण ओरल क्याबिटीमा ब्याक्टेरियल वा फङल इन्फेक्सन हुनसक्छ जस्ले गर्दा मुख वरिपरि घाउ आउने , मुख चिलाउने, राता बिबिराहरु आउने , पसिनाको सम्पर्कमा आई स्किन इन्फेक्सन गराउने, डंडीफोर जस्ता समस्याहरु देखिन सक्दछ्न त्यसकारण हामी जति हात धुने कुरामा सजग हुन्छौं त्यति नै फेस माक्सको सहि प्रयोगमा पनि हुन जरुरी छ । धेरै समय सम्म एउटै माक्सको प्रयोग गर्नुहुदैन। बारम्बार धोईएको माक्सलाई पनि लामो समयसम्म प्रयोगमा ल्याउनु हुँदैन। साथै धुलोमैलो भएको, फोहर पसिनाले भिजेको , पटकपटक खल्तीमा राख्दै झिक्दै प्रयोग गरिएको , अरुले प्रयोग गरेर फालेको फेस माक्स प्रयोग गर्नुहुदैन। गर्मीमा सबैभन्दा सहज उपाय भनेको भिड्भाड नगर्ने, धेरै भिड हुने सम्भाबित ठाउँ जस्तै स्, तरकारी पसल, डेरी ,किराना स्टोर ,सरकारी कार्यलय , बैंक आदिमा डोरी घेरा या बार लगाएर सामाजिक दुरिको कायम गर्ने नै हो। अबका समयमा सबैभन्दा सुरक्षित उपाय भनेको सामाजिक दुरि कायम गर्नु नै हो। जुन मानिसको बानी मुखमा लगाउने माक्स बारम्बार खोल्नी, बोल्दा अझै पनि माक्स चिउडोमा सारेर बोल्नी, अरुले तपाईंको माक्स खोइ१रु भनेर सोधपुछ गरे मात्र खल्तीबाट झिकेर लाउने नत्र नलगाउने, माक्स केबल औपचारिकता निभाउने माध्यम मात्रै हो भन्ने सोच राख्ने छ भनी उनिहरुको कारण अन्य मानिस समेत असुरक्षित हुन पुग्दछ्न। त्यसैले त्यस किसिमका बानी भएको र स्वासप्रस्वास सम्बन्धि रोगको समस्या बाट ग्रसित भएको मानिसहरुले सकेसम्म सामाजिक दुरिको कायम गर्नुपर्द्छ।
कोभिड १९ मार्फत बच्नको लागि सर्वसाधारणहरुका निम्ति विश्व स्वास्थ्य संगठन डब्लु।एच।ओ ले रिकोमेन्ड गरेको वेसिक फेस माक्स भनेको सर्जिकल फेस माक्स रहेको छ जुन सजिलै प्रयोग गर्न सकिन्छ। सामान्य मुल्यमा जुनसुकै मार्केट्मा किन्न सकिन्छ। यो युज एन्ड थ्रो टाइपको हुन्छ। यसलाई दैनिक बढीमा आठ घण्टासम्म प्रयोग गर्नु सकिन्छ। सर्वसाधारणले यसको प्रयोग गर्दा नाक, मुख राम्रोसँग छोपिने तरिकाले गर्नुपर्दछ। धेरै तन्किने या एकदमै टाइट हुने किसिमको माक्स छनोट गर्नु हुँदैन।
साथै एकपटक माक्स लगाएपछि बारम्बार हातले छोइरहने , बोल्दा माक्स खोलेर बोल्ने, घरि फुकालेर खल्तीमा राख्ने गरी झिकेर त्यही लगाउने पनि गर्नुहुँदैन।
यसोगर्दा फेस माक्स अन्य वस्तुको सम्पर्कमा आई दूषित हुन पुग्दछ।
माक्स आफैंमा रोगको भण्डार होइन तर हामीले गलत तरिकाले यसलाई प्रयोगमा ल्याउनाले फेस इचिङ, व्याकटेरियल इन्फेक्सन, पसिना धेरै गुमसनाले फंगल इन्फेक्शन, रेसेज जस्ता समस्याहरु देखिन सक्दछन्।
त्यसैले हामीले जति सतर्कता अपनाएर हात धुने कुरालाई निरन्तरता दिन्छौ त्यतिनै फेस माक्सको प्रयोग पस्चात ओरल हाइजिनलाई पनि ध्यान दिन जरुरी छ।
सर्जिकल फेस माक्स बाहेक बजारमा उपलब्ध अन्य फेस माक्स र त्यसको प्रयोग ।

१ सर्जिकल फेस माक्स
सबैभन्दा सस्तो राम्रो उपयोगी डिस्पोजल पुनः प्रयोगमा ल्याउन नमिल्ने।

२ सामान्य कपडाको फेस माक्स
यो केवल धुलोबाट बच्नको निम्ति मात्र उपयोगी हुन्छ। पटक(पटक धोइरहने गर्नाले यसको छिद्रहरु खुल्दै जाने हुन्छ। यसलाई निकै चर्को घाममा सुकाएर मात्र केही समयसम्म प्रयोगमा ल्याउन सकिन्छ।

३ एन ९५
विशेषगरेर टुबर्क्लोसिस ९टिस्बी०का बिरामीहरूको लागि र स्वस्थकर्मीहरुका लागि बनाइएको स्पेसिफिक फेस माक्स हो। हाल सबैले यसलाई प्रयोगमा ल्याएको पाइन्छ कोभिड १९ पश्चात व्यापकरुपमा कालोबजारी भएको यस माक्स मूल्यमा केही महंगो भएपनि यो पनि केवल एकपटक प्रयोगका लागि मात्र सुरक्षित प्रयोगमा ल्याउन सकिन्छ। यो डिस्पोजिवल फेस माक्स हो।

४ के।एन।९५
एन।९५ जस्तै यो माक्स पनि डिस्पोजिवल युज एन्ड थ्रो टाइपको हो। कोरोनाको लागि यसलाई शतप्रतिशत सुरक्षित मान्न सकिँदैन तर यसले सामान्य भाइरसहरु मार्फत भने बचाउन मद्दत गर्द्छ।

५ फिल्टरिङ फेस पिस माक्स
यो पनि डिस्पोजिवल फेस माक्स हो।
काठको धूलो, कागजको धुलो ,माटो को धुलो कुनैपनि धुलो को स्रोत मार्फत एलर्जी भएका प्यसेन्टले यसलाई प्रयोगमा ल्याउन सक्दछन्।

६ पि।१०० रेस्पिरेटर ग्यास फेस माक्स
यो माक्सले कोभिड रोकथाममा कुनै पनि भूमिका खेल्दैन। विशेषगरी हेवी केमिकल सम्बन्धि काम गर्ने वोर्कर , पेन्टर, उड वोर्करहरूको प्रयोगका निम्ति यो माक्स बनाइएको हो।

७ सेल्फ कन्टेनिङ ब्रेथिङ फेस माक्स
दमकल वा ज्वलनशील पदार्थ नष्ट गर्ने कार्यमा खटिएका मानिसहरूले प्राय यस किसिमको माक्स प्रयोग गर्दछन्। यसले खतरनाक अवस्थामा रेस्क्यु गर्न खटिएकाहरुलाई श्वास फेर्न सहज बनाउँछ।

८ फुल फेस रेस्पिरेटर फेस माक्स
सर्जिकल या अन्य माक्सबाट एलर्जी हुने र स्वास फेर्न गारो हुनेहरूको निम्ति यस प्रकारको माक्स प्रयोग गर्नु उपयुक्त हुन्छ।

९ फुल लेन्थ फेस स्लेड
प्लास्टिकबाट बनेको हो यो फेस कभर माक्स विशेषगरी सर्जिकल माक्सको साथमा प्रयोग गर्दा अझ सुरक्षित हुन्छ।

१० वैकल्पिक माध्यम
बजारमा पाइने फेस माक्स नै किनेर लगाउनुपर्छ भन्ने छैन आफुलाई पाएक नपर्ने अवस्था भए आफूसँग भएको सफा जुनसुकै कपडाले पनि आफ्नो नाक, मुख राम्रोसँग छोपेर सुरक्षित रहन सकिन्छ। साथै भौतिक दुरी कायम गर्न बिर्सनु हुँदैन ।

बच्चाहरुमा फेस माक्सको प्रयोग
दुई बर्ष सम्मका बच्चाहरुलाई फेस माक्सको प्रयोग गराउन हुँदैन किनभने उनिहरुमा इम्यून सिस्टम कम्जोर रहने भएकोले स्वासप्रस्वासमा ठुलो मान्छेले जसरी नियन्त्रण गर्न सक्दैनन् । स्वभावैले बच्चाहरुको मुखबाट धेरै राल चुहिने भएकोले त्यही रालको कारण पनि माक्स चाडै भिज्ने हुनाले उनिहरुलाई झन गार्हो हुनसक्छ । साना बच्चालाई कसरी हुन्छ हाईजिन मेन्टेनका साथै फिजिकल डिस्ट्यान्स मेन्टेन गरेर नै सुरक्षित राख्नुपर्दछ। बजारमा दुई बर्ष सम्म भन्दा माथिका बच्चाहरुको लागि पनि उचित तवरको उनिहरुलाई फिट हुने पर्फेक्ट किसिमको फेस माक्स पाउन मुस्किल छ । यस्तोमा २ बर्ष भन्दा माथिका र १२ बर्ष सम्मका बच्चाले लगाईराखेको माक्सले उनिहरुलाई कतिको सहज भैरहेको छ कि छैन भनेर अभिभावकले पनि उतिकै सचेत हुन जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?