दमौली–डुम्रे खण्ड एकतर्फी रुपमा सुचारु

दमाैली :अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको दमौली–डुम्रे अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । 

बुधबार रातिदेखि परेको वर्षाका कारण सडकमा लेदो सहितको हिलोमा बस फसेपछि राति १० बजेदेखि अवरुद्ध भएको राजमार्ग बिहीबार बिहान ८ः४० देखि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गकै याम्पाफाँट लगायतमा सडक विस्तार गर्न हरेक रात पाँच घन्टा सडक बन्द गर्ने गरिएको छ। यी ठाउँ र रिमाल्नीमा सडक अवरूद्ध हुँदा यात्रुहरू गन्तब्यमा जान रोकिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?