राजमार्ग भासिएको स्थानमा फेला परेकोे एक शवको पहिचान

दमौली :  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा फेला परेको एक शवको पहिचान खुलेको छ । सडक भासिएर खसेको बा १० च ४६७९ नंम्बरको कार मस्र्याङ्दी नदीमा खस्दा दुई जनाको शव फेला परेको थियो ।

दुईमध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका–२ बस्ने बर्ष ३५ का केशव घिमिरे रहेका छन् । अर्का मृतकको भने पहिचान खुल्न सकेको छैन । मानवीय क्षति अन्य पनि हुन सक्ने भएकाले खोजीकार्य भइरहेको उनले बताए ।

सडक भासिएपछि विहानैदेखि राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

तत्काल राजमार्ग सुचारु हुने सम्भावना छैन ।  प्रहरीले यो राजमार्ग भएर यात्रा गर्नेहरुलाई अन्य वैकल्पिक बाटो भए प्रयोग गर्न अपिल गरेको छ ।

सडको अवस्थाबारे बुझ्न आँबुखैरेनी गाउँपालिकाका इन्जिनियरहरु घटनास्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?