बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको दाबी

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा)का २ र स्वतन्त्र १ गरी ३१ सांसदको हस्ताक्षरसहित उनले  मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्  ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले हिजो प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दाबी पेस गर्न २४ घण्टे आह्वान गरेकी थिन  ।

प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?