दमौली : डिप्रोस् लघुवित्त वित्तीय संस्था दमौली शाखाले आफ्नो संस्थाले दिएको समाजको प्रभावकारीता र वितिय संस्था मार्फत साक्षरता कार्यक्रम शुरु गरेको छ। संस्थाले विभिन्न समयमा समुदायको माग अनुसार विभिन्न खाले सिपमुलक तालिम ,रचनात्मक तालिम,बाख्रा ,भैंसी,कुखुरा,माछा पालन,ब्युटि पालर लगाएतका तालिमहरु दिदै आएको संस्थाका दमौली शाखा प्रमुख दिपेन्द्र कट्टेलले जानकारी दिए ।
कमाएको पैसालाई बचाउनुपर्नै ,नाफा कमाउनुका अतिरिक्त सेवा पुर्याउने उदेश्यले संचालित संस्थाले जिल्लाका विभिन्न पालिकाहरुमा बन्दिपुरगाँउपालिका,म्याग्दगाँउपालिका,रिसिङगाँउपालिका,ब्यास नगरपालिका भानु नगरपालिका र शुक्ला गण्डकी नगरपालिकामा गरि जिल्ला भर कुल २३ सय८७ जना आवद्ध भएको १ नम्बर केन्द्र प्रमुख सपना श्रेष्ठले जानकारी दिईन्।
आफुले शुरुमा लधु वित्तमा आवद्ध हुदा डेडलाखबाट शुरुगरि अप्सेट प्रेस खोलेको र हाल सम्मपनि अपसेट प्रेस संचालनमा आउदा मनग्ये आम्दानी भएको बताईन्।
वित्तीय संस्थाले महिला समुहमा लगानी गरेर विभिन्न उधोग,कलकारखाना , ब्यवसाय गरेर आत्मनिर्भर हुदा आफुलाई खुसी लागेको डिप्रोस् लघुवित्त तनहुँ शाखाका सभापति राजकुमारी सेढाईले बताईन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?