
काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा गत चैत २१ गते लिएको थियो ।आयोगले लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता भने असार २३ गते बिहान ८ बजेदेखि हुने जनाएको छ ।
साथै परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?