Close This

प्रियंका रानी जोशी बनिन् ‘मिस नेपाल-२०२२’

यस वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।काठमाडौंकी प्रियंका अन्तिम प्रतिस्पर्धामा सहभागी २४ मध्ये उत्कृष्ट सावित भएकी हुन् ।

यस्तै मिस नेपाल अर्थको ताज सरिशा श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् ।ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् ।विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

मिस नेपाल २०२२ का लागि आकृति शाह, आस्रुति सुवेदी, आयुस्नाेभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जाेशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ काे प्रतिस्पर्धीको रुपमा छानिएका थिए ।

कोरोना महामारीका कारण दुई वर्षका लागि रोकिएको मिस नेपाल प्रतिस्पर्धा यस पटक भव्य रुपमा सम्पन्न गरिएको आयोजक द हिडेन ट्रेजरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?