तनहुँमा थप ४७ जनामा कोरोना संक्रमण ; दुईको मृत्यु

पछिल्लो २४ घण्टामा तनहुँमा आइतबार थप ४७  जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा २३ जना पुरुष र २४ जना महिला गरि ४७  जना संक्रमित  थपिएको  जनाएको छ ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ८ सय  ५४ जना पुगेको छ। जस्मा ३ हजार १ सय ९०  निको भैसकेका छन्  भने सक्रिय संक्रमितको सङ्ख्या ५ सय ७१ जना  रहेको छ।

यसैगरि तनहुँमा आज थप २  जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भिमाद नगरपालिका ६ का ७८ वर्षीया पुरुष र शुक्लागण्डकी नगरपालिका ९ कि ५२ महिला वर्षीया महिला उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमणबाट ९३  जनाको मृत्यु भैसके  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?