
दमौली : तनहुँको भानु नगरपालिका–८ स्थित बलिफाँटमा अविरल वर्षाका सडक कारण भासिँदा डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार बिहान सडक भासिएपछि डुम्रे–वेशीशहर सडखकण्ड अवरुद्ध भएको हो ।
वर्षाले सडकको आधाभन्दा बढी भाग भासिएको र सडक भासिएको ठाउँमा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?