दमौली : अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिनाको २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए।
प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आजै बिहान काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा पनि प्रधानमन्त्री देउवा र सरकारका मन्त्रीहरू सहभागी रहेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?