स्वच्छिक अवकास लिन चाहने शिक्षकहरुलाई भानु नगरपालिकाले ५० हजार दिने

 

तनहुँ : तनहुँको भानु नगरपालिकाले स्वच्छिक अवकास लिन चाहने प्राथमिक तहको शिक्षकहरुलाई प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने भएको छ।

भानु नगर शिक्षा समितिको मिति २०७८/०७/१४ को निर्णय तथा भानु नगरपालिकाले आर्थिक २०७९/८०को निर्णय मुताबिक स्वच्छिक अवकास लिन चाहने प्राथमिक तहको शिक्षकहरुलाई प्रोत्साहन स्वरूप नगरपालिकाले ५० हजार रुपैयाँ दिने निर्णय गएको हो।

खासगरि नगरले प्राथमिक तहको शिक्षकको दरबन्दी मिलन तथा व्यवस्थापनको लागि निर्णय गरेको छ। निवृत्तभरणको अबधि पुरा भएका १३ जना शिक्षकको दरबन्दी रिक्त गराई नगर भित्र कार्यरत महिला शिक्षकहरुलाई नै नगरभित्र व्यवस्थापन गर्ने उद्वेश्यले स्वच्छिक अवकास लिन चाहने शिक्षकहरुले प्रोत्साहन स्वरूप नगरपालिकाले रकम उपलब्ध गर्ने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?