गण्डकी सरकारको सवारी करमा अत्यधिक वृद्धि

गण्डकी सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । अर्थिक बर्ष २०७९/८० देखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ सम्म वार्षिक करमा वृद्धि गरेको छ।

दुइ र चारपांग्रे सवारीमा सीसी छुट्याएर कर बढेको हो। आगामी अर्थिक बर्ष देखि २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको छ । हाल वार्षिकरूपमा ४० हजार कर तोकिएका यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ । चालू अर्थिक वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा अब नयाँ वर्गीकरण गरेर ३५ सय सीसी क्षमताका गाडीहरुले छुट्टै कर वार्षिक ६५ हजार तिर्नुपर्ने सरकारले जनाएको छ ।

अब एक हजार सीसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु भएको छ।हाल यी गाडीले २० हजार कर बुझाइरहेका छन्।एक हजारदेखि १५ सय सीसी क्षमताका गाडीको कर तीन हजारले बढेको छ। चालू वर्षसम्म यी सवारीको कर २२ हजार मात्रै थियो।

दुइपांग्रे सवारीमा पनि सीसी अनुसार कर वृद्धि भएको छ । १२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सीसी भन्दामाथि गरी ६ वटा प्रकारमा  वर्गीकरण गरिएको छ । हाल ४ तहमा मात्रै वर्गीकरण गरिएको छ । अब १२५ सीसी क्षमताका सवारीले ३ हजार, १५० सम्म ५ हजार, २२५ सम्म ६ हजार ५ सय, ४ सयसम्म ११ हजार, ६५० सम्म २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर निर्धारण गरिएको छ ।

त्यस्तै सरकारले अर्थिक बर्ष २०७९/८० देखि नै लागू हुनेगरी  हालसम्म कर नलिइएको विद्युतीय गाडीमा पनि अब कर लगाउने भएको छ ।मोटरसाइकल, स्कुटरले १ हजारदेखि २ हजारसम्म कर तिर्नुपर्छ ।जीप, कार भ्यान, माइक्रोबस र बसले १० हजारदेखि २० हजारसम्म कर बुझाउनुपर्ने भएको छ ।स्रोत: परिचय डटकम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?