लायन्स क्लब तनहुँले १८ गतेदेखि निःशुल्क मानसिक स्वास्थ्य शिविर गर्ने

दमौली : लायन्स क्लब अफ तनहुँले निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । लायन्स क्लब अफ तनहुँका वर्ष २०२२/२३ का नवनिर्वाचित अध्यक्ष राजु दाहालले आफ्नो कार्यकालको योजना अनुसार निःशुल्क मानसिक स्वास्थ्य शिविर गर्ने योजना तय गरेका हुन् ।
निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालनका लागि आवश्यक जनशक्ति समेत व्यवस्थापन गरेको अध्यक्ष दाहालले जानकारी दिए । उनका अनुसार मनोचिकित्सक डा.वेदकुमार थापाले जटिल अवस्थामा पुग्न लागेका मानसिक बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन् भने मनोविद सीता भण्डारीले परामर्श दिनेछन् ।
मानसिक स्वास्थ्यका बिरामी बढ्दो क्रममा रहेकाले यसको आवश्यकतालाई मध्यनजर गरी योजना शिविर गर्न लागेको दाहालले जानकारी दिए । उनका अनुसार यही असार १८ गते शनिबार बिहान ८ बजेबाट मानसिक स्वास्थ्य परीक्षणको शुरुवात गरिन्छ । लोकप्रिय मेडिकल हलमा परीक्षणको व्यवस्थापन गरिएको छ । ‘शिविरमा परीक्षण गराउने अन्त्यन्तै विपन्न बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउनेछौं, शिविर महिनाको एक पटक गरिनेछ,’ अध्यक्ष दाहाले भने ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानसिक रोगी बढ्दो क्रममा रहेकाले लायन्स चालेको कदमले केही हदसम्म सहयोग पुग्ने बताए । ‘मुख्य बजार क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा रहेका मानसिक रोगसम्म यो शिविर पु¥याउनुपर्छ, लायन्सले समन्वय गर्ने अपेक्षा छ,’ उनले भने ।
मनोविद सीता भण्डारीले मानसिक रोग लुकाउने प्रवित्तिले जटिल र विकराल रुप लिन सक्ने बताइन् । उनले सांभ्रान्त परिवारका व्यक्तिदेखि अतिविपन्न वर्गसम्म मानसिक समस्या रहेकाले लायन्सले यस्ता सामाजिक स्वास्थ्यलाई प्राथमिकता दिएको बताइन् । कार्यक्रममा पर्मानेन्ट टिम लिडर सुरेन्द्र अधिकारी, ईश्वर विष्ट लगायतले मानसिक रोगलाई सामान्य लिन नहुने बताएका छन् ।

उनीहरुले सबैले सबैलाई समान रुपमा व्यवहार गर्नुपर्ने भन्दै ‘सम्मान सहितको परिवर्तन’ गर्न आवश्यक रहेको बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?