दमौली : नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्यमा राजेन्द्र केशरी न्यौपाने ‘जय’ मनोनित भएका छन् । व्यास–५ का पुराना नेता न्यौपाने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको संयोजक थिए ।
लामो समय देखि माओवादी आन्दोलनमा सक्रिय रहेका न्यौपाने पुरना माओवादी नेतामा पर्दछन् । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ। गत पुसमा भएको आठौँ महाधिवेशनबाट अपूरो नेतृत्व चयन गरेको माओवादीको आइतवारदेखि सुरु तेस्रो केन्द्रीय समिति बैठकले नेतृत्वलाई पूर्णता दिएको छ। यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ।
माओवादीले यसअघि २०४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। अहिले केन्द्रीय समितिलाई २९९ सदस्यीय बनाइएको छ।त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ। यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी ९जसपा०बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?