दमौली : तनहुँको भानु नगरपालिका ५ मैबल निवासी चार सन्तानकी आमा एवं एकल महिला सूचना बिष्टको घरमा हातमुख जोर्न समस्या भएको जानकारी पाएपछि लायन्स क्लबले खाद्यान्न सहयोग गरेको छ । लायन्सका पुर्ब गभर्नर अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार बिष्टको परिवारलाई खाद्यान्न बितरण गरेको हो ।
जीवनयापनमा सास्ती भएको सूचना पाउने बित्तिकै लायन्सको टोली खाद्यान्न सहित सूचनाको घरमा पुगेर खाद्यान्न सहयोग गरेको लायन्स क्लब अफ तनहुँका अध्यक्ष राजु दाहालले जानकारी दिए । लायन्स क्लब अफ तनहुँले सामाजिक क्षेत्रमा अतुलनीय कार्य गर्दै आएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष जमुना श्रेष्ठको संयोजनमा गएको टोलीमा रिजनल चियर पर्सन राजकुमार श्रेष्ठ राकु,जोन चियर पर्सन कृष्णहरि गैरे ,लायन्स बिमला श्रेष्ठ , गीता श्रेष्ठ , कल्पना भट्टराई , राधिका परियार लगायतको उपस्थिति खाद्यन्न सहयोग गरिएको लायन्स क्लब अफ तनहुँका अध्यक्ष दाहालले जनाकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?