गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासकाे मत पाएका छन् ।
शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे ।
शुक्रबार भएको मतदानमा ५८ जना सांसद सहभागी भएकोमा पोखरेलको पक्षमा ३१ मत खसेको छ । उनको विपक्षमा २७ मत खसेको छ ।
मुख्यमन्त्री पोखरेलले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट १५, माओवादी केन्द्रबाट ११, जनता समाजवादीबाट दुई र जनमोर्चाको तर्फबाट दुई र स्वतन्त्र सांसदको एक मत पाएका थिए ।
यसअघि तिनै ३१ जनाको समर्थनमा उहाँ गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका थिए । बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासकाे मत लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?