
व्यास नगरपालिका -११ पोल्याङ बसन्त टोलमा बस्ने ४० वर्षिया सुकुमाया आले शारीरिक रुपमा अशक्त (प्यारालाइसिस) भए संगै ४ जना सदस्य रहेको सुकुमायाको परिवारमा अहिले बज्रपात परेको छ ।
शारीरिक रुपमा अशक्त उनको श्रीमान र उनका ५ र १२ बर्सिय छोरीहरुलाइ लालनपालन गर्दै आईरहेको उनले अहिले आफ्नो परिवारलाई जेनतेन मेलापात गरेरै भएपनि गुजारा चलाउदै आएको थिए तर उनको एक्कसी प्यारालाइसिस भई काम गर्न नसक्ने अवस्था भएपछि भने परिवारको बिचल्ली भएको छ । उपचारको लागि रकम नहुदा अस्पताल जना नसकिएको र परिवारले समेत राम्रो संग खान पाएको छैनन।
यसै बिच सुकुमायाको सहयोगको लागि आज श्री सलिम मियाको पहलमा व्यास २ दमौलीमा घर भई हाल हंगकंग निवासी होटल व्यवसायी श्री केशम थापाले रु पाँच हजार सहयोग गरेका छन् । सुकुमायाको जिवानमा बज्रपात परेको थाहा पाए लगातै आर्थिक सहयोग गरेको र साथै आगामी दिनमा पनि सहयोग गर्ने उनले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?