तनहुँ आसपासका क्षेत्रमा ‘नाइराेबि किरा; सतर्क रहन आग्रह

दमौली  : केहिदिन देखि तनहुँ आसपासका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ (Nairobi fly) नामक किराको जोखिम बढेको भन्दै स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सजगता अपनाउन आग्रह गरेको छ।

यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा नाईरोबी फ्लाईको प्रकोप देखिएपनि अहिले पहाडी क्षेत्रमा यो किरा देखिन थालेको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको केन्द्रले जनाएको छ ।

केन्द्रले पछिल्लो समय यस क्षेत्रबाट उपचारका लागि आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो देखिने समस्या लिएर आउने गरेको र जसको मुख्य कारण नाइरोबी फ्लाई नामक किराले टोक्दा यसको एसिडका कारण हुने जनाएको छ।

केन्द्रका अनुसार भारी वर्षा भएर पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ति बलेको अवस्थामा यो किरा झ्याल ढोकाबाट प्रवेश गर्ने र यो किरासँग छोइदा पनि एसिडले पोलेको जस्तो छालामा जनै खटिरा जस्तो घाउ हुने गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?