भोलि सार्वजनिक बिदा

दमौली :  गण्डकी प्रदेश सरकारले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद्को  बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय गत चैतमा राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिएका आचार्यको जन्मजयन्तीमा चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ। उनको निधन भने विसं १९२५ असोज ६ गते भएको थियो ।

नेपाली भाषाका आदिकवि उपाधि पाएका उनले नेपाली साहित्यमा निकै ठुलो योगदान रहेका आचार्यको प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।उनलाई मोतिराम भट्टले पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले आचार्यको साहित्यिमा विभिन्न कृतिहरु रहेका छन् । उनको कृतिहरु प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?