रचनाकार खतिवडाको एक उत्कृष्ट कविता ‘गुरुप्रति’

ज्ञान दिने बुद्धि दिने देखाइ दिने आँखा  ।

ज्ञानको ज्योति नपाउनेले लाग्नुपर्छ पाखा  । ।

आफूले भने मैन जस्तै भै दिन्छन् यिनी ।

गुरु सधै गुड बन्छन् चेला  बन्छन् चिनी । ।

माझी जस्तै यिनले सबलाई तारि दिन्छन् पारी  ।

यिनको चोला यस्तै रहेछ  आफू रहन्छन्  वारि  । ।

गुरू भन्ने बुझेर नै राख्नुपर्छ मान  ।

सम्मान गर्न सके यिनको बढ्छ सबको शान  । ।

दोष जति मेटाई दिने यिनको कस्तो धर्म  ।

भित्रैबाट आदर गरौँ नमानेर शर्म  । ।

पुष्पराज खतिवडा

झापा, हाल: दमौली, तनहुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?