भानुको जन्मस्थललाई साहित्यिक केन्द्र बनाउनुपर्छ : पूर्वमन्त्री श्रेष्ठ

दमौली :  पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  कृष्णकुमार श्रेष्ठ (किसान)ले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक केन्द्रको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

२०९ औ भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले बुधबार चुँदीरम्घामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको  उनले बताए  । पूर्वमन्त्री श्रेष्ठले भानु जन्मस्थल विकास समितिलाई कहिले स्थानीय सरकार मातहत राख्ने र कहिले नेतृत्वविहिन हुँदा काममा ढिलाई भएको दुख व्यक्त गरे  ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?